२१ वर्षीया युवतीलाई विवाह गरेर भारत देशकाे गाेरखपुरमा बेचबिखन तथा ओसारपसार गरेको आरोपमा साविक गुटु गाउँ विकास समिति-६ हाल चाैकुने गाउँपालिका-७ का ६१ वर्षीय भक्तबहादुर विष्टलाई प्रहरीले ०८१ असोज २९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०५७ असाेज १ गते विवाह गरेर भारत देशकाे गाेरखपुरमा १५ हजार रुपियाँमा बेचबिखन गरेको भन्दै पीडित पक्षले ०५७ मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पतालमा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र वीर विश्वकर्माका अनुसार ११ वर्ष पहिले पीडित युवतीकाे मृत्यु भइसकेकाे छ ।