INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा व्यवसायी पन्थमाथि मोसो दलेर दुर्व्यवहार

घोराही उपमहानगरपालिका–१४ का ५७ वर्षीय व्यवसायी दुर्गा पन्थलाई अज्ञात पाँच जनाको समूहले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

Photo16102024Dang

न्यु पन्थ इन्टरप्राइजेजका प्रोप्राइटर पन्थ असोज २९ गते साँझ घरमै बसिरहेका बेला एक्कासी प्रवेश गरेका अज्ञात समूहले मोसो दल्ने र जुत्ताको माला लगाएर फोटो तथा भिडियो खिचेर भागेका थिए ।

पीडित पन्थले आफूमाथि अज्ञात समूहले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असोज २९ गते मौखिक जानकारी गराएको तर प्रहरीले वास्ता नगरेको बताउनु भयो । घटना बारे जानकारी भए पनि लिखित उजुरी नआएको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । उजुरी नआए पनि कानुन विपरीत गर्नेहरूको खोजी भइरहेको एसपी तिमिल्सिनाले बताउनु भयो ।

घटना लगत्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पन्थले मिटर व्याज लिएर सर्वसाधारणलाई समस्यामा पारेकाले जन–कारवाही गरिएको जनाएको छ । पार्टीका जिल्ला सेक्रेटर अमर खड्काले असोज २९ गते विज्ञप्ति जारी गरी मिटर व्याज लिएको, जाली तमसुक र चेक लिएर सर्वसाधारणलाई सास्ती दिएको, राजश्व छली गरेको जस्ता आरोप लगाएर कारवाही गरिएको भन्दै घटनाको जिम्मेवारी लिनुभएको छ ।

अन्य

भिडियो