१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-१ का २१ वर्षीय रोशन कुमार साहलाई ०८१ असोज २१ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले गिरफ्तार गरेको छ ।
पीडित असार २२ गते घरमा एक्लै बसिरहेको अवस्थामा आरोपितले बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएको पीडितले बताउनु भयो । उक्त
उजुरी प्रहरीले असोज २१ गते दर्ता गर्यो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १९ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको डिएसपी सन्तुलाल जयस्वारले बताउनु भयो ।