२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ का २० वर्षीय उमेश यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक २१ गते राति बलात्कार गरेको भन्दै पीडितले होहल्ला गरेपछि स्थानीय व्यक्तिले आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पतालमा कात्तिक २२ गते भएको जिल्ला प्रहरी कार्यालयका असई श्यामकुमारी पाइजाले बताइन् ।