INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनामा पर्वत जिल्ला अदालतले १८ वर्ष अघि १३ वर्ष जेल सजायको फैसला सुनाइएका पैयूँ गाउँपालिका-२ का ५८ वर्षीय भिमबहादुर सुनारलाई प्रहरीले १८ वर्षपछि असोज १६ गते गिरफ्तार गरेको छ ।

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जेल सजाय सुनाइएका सुनारलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर रामप्रसाद सापकोटाले बताउनु भयो ।

इन्स्पेक्टर सापकोटाका अनुसार ०६३ वैशाख २१ गते पीडित महिलालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला अदालतको २०६३ सालको चैत २१ गतेको फैसलाले सुनारलाई १३ वर्ष कैद सजाय सुनाइएको थियो ।

अन्य

भिडियो