१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका–५ का १९ वर्षीय किरण चौधरी, गढवा गाउँपालिका–५, मङ्घरका २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरीलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई किरण चौधरीले विवाहको प्रलोभन पारेर बोलाएर असोज १६ गते चार जनाले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गढवामा असोज १७ गते उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।