माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदवार सुशिल सिङ्खडा सवार मोटरसाइकलबाट प्रहरीले पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको छ ।
भिमसेन गाउँपालिका-३ धावामा कात्तिक २१ गते भएको सुरक्षा चेकजाँचको क्रममा सिङ्खडा चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलबाट ९-एमएमको पेस्तोल र तीन राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए ।
‘सुरक्षा चेकजाँचको क्रममा उम्मेदवारका चालकले झोला फालेर भागेछन् । झोलामा हेर्दा पेस्तोल र गोली फेला पार्यौँ ।’- रिजालले भने ।
मोटरसाइकल चालक भिमसेन गाउँपालिका-४ का गुणप्रसाद खनाल फरार रहेको प्रहरीले जनाएको छ । उम्मेदवार सिङ्खडासँग घटनाको सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।