२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-१ भोटेटारका २८ वर्षीय सुमन दर्लामी मगरलाई असोज १३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ असोज ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १३ गते इलाका प्रहरी कार्यालय, वुधवारेमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असोज १३ गते गरिएको छ ।