INSEC Online

📅 २०८३ जेष्ठ २२

२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील

अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील रहेका छन् ।

सिरहा जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१ सय ९ मतदान स्थलको २ सय ३२ मतदान केन्द सम्वेदनशील र ८४ मतदान स्थलको १ सय ५८ मतदान केन्द्र सम्वेदशील रहेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले जानकारी दिए । एसपी कोइरालाका अनुसार २८ ओटा मतदान स्थलको ४६ ओटा मतदान केन्द्र भने सामान्य रहेका छन् ।

अति सम्वेदनशील मतदान स्थलमा प्रहरी अधिकृत र म्यादी प्रहरी गरी १३ जनाको टोली, सम्वेदनशील मतदान स्थलमा प्रहरी अधिकृत, म्यादी १० जनाको टोली र सामान्य मतदान स्थलमा प्रहरी अधिकृतसहित आठ जनाको टोली खटाइनेछ ।

पहिलो घेरामा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसको पछाडि नेपाली सेना पनि परिचालन गरिने जनाउँदै एसपी कोइरालाले २ हजार भन्दा बढी प्रहरी निर्वाचनमा खटिने बताए ।

अन्य

भिडियो