INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पीडितका बुबालाई प्रहरीले ०८१ असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो