२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-६ नोकैल्बाका ३६ वर्षीय रामेश्वर राय यादवलाई ०८१ असोज ५ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई ०८१ भदौ २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।
आरोपितलाई ०८१ असोज ७ गते गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।