सन्दकपुर गाउँपालिका-१ भित्तेकी ४० वर्षीया फूलकुमारी राईको खुकुरी प्रहार गरी हत्या गरेर ४६ वर्षीय पति उजबहादुर राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा उजबहादुरले ०८१ असोज ७ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको र झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालले बताउनु भयो ।
घटनाको प्रकृति र घटनास्थलमा तत्काल देखिएको प्रमाणका आधारमा घटना असोज ७ गते राति भएको एसपी ढकालले बताउनु भयो ।
घरायसी विवादका क्रममा उजबहादुरले सन्दकपुर गाउँपालिका-१ भित्तेमा घर भन्दा केही पुर्याएर खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको र आफूले झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएको एसपी ढकालले बताउनु भयो ।
दुई ओटै शव पोष्टमार्टमका लागि असोज ८ गते जिल्ला अस्पताल ल्याउने तयारी प्रहरीले गरेको छ ।
राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको एसपी ढकालको भनाइ छ ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।