INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् ।

कात्तिक १७ गते काठमाडौँमा राजनीतिक दलका युवाका लागि आयोगद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी रद्ध गर्ने चेतावनी दिएका हुन् ।

‘प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गरेजस्तै पवित्र भावनाका साथ उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गर्नेमा हामी विश्वस्त छौँ ।’-यादवले भने-‘भोजभतेर गर्ने, टिसर्ट बाँडने, मतदातालाई लोभ्याउने, धम्क्याउने जस्ता कार्य गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका उम्मेदवारी आयोगले खारेज गर्छ ।’

तोकिएकै मितिमा निर्वाचन गर्न आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य द्रुत गतिमा भएको बताउँदै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् भयरहित वातावरणमा गर्नका लागि आयोगले शुन्य सहनशीलताको नीति अपनाउने उनले बताए ।

शान्तिपूर्ण वातावरणमा भएको उम्मेदवारी दर्ताले देश निर्वाचनमय बनेको बताउँदै उनले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन सम्पन्न गर्दै संविधानको कार्यान्वयनसँगै समृद्ध नेपाल बनाउने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको बताए ।

अन्य

भिडियो