६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ ।
आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकाे डिएसपी एलिजा गिरीले जानकारी दिनु भयाे ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ घटनाकाे अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताउनु भयाे ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण भदौ २८ गते प्रादेशिक अस्पताल गौरमा भयाे ।