१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-४ का ३५ वर्षीय बब्लु यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ भदौ २६ गते उजुरी दिनुभएकाे छ ।
आरोपितले बालिकालाई ०८१ भदौ २४ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भदौ २५ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।