INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका-८ का ४७ वर्षीय हरिबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय,चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि भदौ १८ गते गिरफ्तार गरिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १९ गते गरिएको छ ।

अन्य

भिडियो