१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका-९ का १९ वर्षीय आमुस टुडुलाई जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको ०८१ भदौ १९ गतेको आदेशले कैद सजायसँगै कसुरदारबाट ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले बताउनु भयो ।
पीडित बालिकालाई ०८० फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले टुडुविरुद्ध फागुन २२ गते इलाका प्रहरी कार्यालय, झिलझिलेमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० चैत १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको ०८० चैत १३ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पतालमा ०८० फागुन २२ गते गरिएको थियो ।