INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता शान्तिपूर्ण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सातै प्रदेशका ४५ जिल्लामा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको ति जिल्लाका प्रतिनिधिहरूले जनाएका छन् ।

प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत तथा प्रदेश नम्बर ५ का अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, कपिलवस्तु, र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कात्तिक १६ गते विभिन्न दलका प्रतिनिधिले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुली, गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्याल, पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटा, नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुली, पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमल्सेना, कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेल, अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाल, रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीलगायतले मनोनयन दर्ताको काम उत्साह तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

कास्की जिल्ला प्रतिनिधि सङ्गिता भाटका अनुसार कास्की जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा दिउँसो १२ बजेदेखि सुरू भएको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण रहेपनि आचारसंहिता विपरीत ठूला आकारका झण्डा तथा मोटरसाइकल र्‍याली गरिएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, पत्रकार, महिला तथा बालबालिका कार्यलयलगायतले मनोनयन दर्ताको अनुगमन गरेको इन्सेक क्षेत्रीय कार्यलय पोखराले जनाएको छ ।

मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेश नम्बर ५ का  दाङ, प्यूठान, बाँके, बर्दिया र प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख जिल्लामा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम कात्तिक १६ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको सम्बन्धित जिल्लाका इन्सेक प्रतिनिधिले जनाएका छन् ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डे, सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा, दैलेख जिल्ला प्रतिनिधि अमर सुनार, बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले उम्मेदवारी शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएका छन् । दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार उम्मेदवारहरुले मनोनयन दर्ताको क्रममा बाम गठबन्धन र काङग्रेसको र्‍यालीमा बालबालिका प्रयोग भएको पाइयो । बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डका अनुसार नेपालगञ्जमा राजपाले बालबालिकाको प्रयोग गरेका पाइयो । सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार र्‍यालीका क्रममा राप्रपा नेपाल र बाम गठबन्धनले निर्वाचन आचारसंहिता उल्लघङ्न गरेको पाइयो । राप्रपाको र्‍यालीका क्रममा बालबालिकाले झण्डा समाएको देखिन्थ्यो । साथै बामगठबन्धनको र्‍यालीमा पनि बालबालिकाको सहभागिता रहेको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

आगामी मङ्सिर २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७ नम्बर प्रदेश अर्न्तर्गतका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा शान्तिपूर्ण रूपमा मनोनयन दार्ता कार्यक्रम सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले बताएका छन् ।

कैलाली इन्सेक जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार कैलालीमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० क्षेत्र निर्धारण गरिएको कैलालीमा २ सय ३१ ओटा मतदान केन्द्र रहेकामा ७७ ओटा मतदान केन्द्र अति सम्वेदनशील, १ सय १७ ओटा सम्वेदनशील र ३७ ओटा सामान्य रहेको जिल्ला सुरक्षा समितले जनाएको छ ।

अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गाना, डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र बिष्ट, कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाट, डोटी जिल्ला प्रतिनिधि दीर्घ खत्रीका अनुसार दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम उत्साह र शान्तिपूर्ण रूपमा सम्पन्न भएको इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि दोस्रो चरण अन्तर्गत ०७४ कात्तिक १६ गते प्रदेश नम्बर १ का ७ र प्रदेश नम्बर २ का दुई ओटा जिल्लामा उम्मेदवारहरूको मनोनयन शान्तिपूर्ण रूपमा दर्ता भएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टर्राईका अनुसार प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणमा हुने निर्वाचनका लागि मोरङमा उम्मेदवारी दर्ता गर्ने क्रममा केही राजनितिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई समेत र्‍यालीमा प्रयोग गरेको पाइयो ।

मोरङमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ६ लाख ४४ हजार ७ सय ८२ जना मतदाता रहेका छन् । ३ सय मतदान स्थलमा ७ सय ५८ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार प्रतिनिधि सभाको ४ र प्रदेश सभाको ८ क्षेत्रमा हुने निर्वाचनका लागि सुनसरीमा १ सय ६६ मतदान स्थल र ५ सय २७ ओटा मतदान केन्द्र तोकिएको छ । यहाँ ४ लाख ७४ हजार ८ सय ३१ मतदाता छन् ।

धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रुचाल, तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्वु, उदयपुर जिल्ला प्रतिनिधि भरत खड्कालगायतले शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको जनाएका छन् ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार ४ ओटा निर्वाचन क्षेत्र रहेको सिरहा जिल्लामा ४ सय ३६ मतदान केन्द्र रहेका छन् । यहाँ ३ लाख ४४ हजार ३ सय ७० मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले बताइन् ।

प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी तथा प्रदेश नम्बर २ का सिरहा र सप्तरीमा आज मनोनयन दर्ता गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँ अन्तर्गत धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछा, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, ललितपुर, काभ्रे, भक्तपुर, काठमाडौँ गरी १३ जिल्लामा मङ्सिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरूको उम्मेद्वारी मनोनयन दर्ता उत्साहका साथ शान्तिपूण रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगले कात्तिक १६ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार एमाले, काङ्ग्रेस र माओवादी लगायतका राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवरहरूले आज जिल्ला-जिल्लामा उम्मेद्वारी मनोनयन दर्ता गराएको जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

धनुषा जिल्ला प्रतिनिधि विनोद रविदास, महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह, सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डे, रौतहट जिल्ला प्रतिनिधि विपिन गौतम, बारा जिल्ला प्रतिनिधि लक्ष्मी साह सोनार, पर्सा जिल्ला प्रतिनिधि केसी लामिछाने, चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी, मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्ट, ललितपुर जिल्ला प्रतिनिधि केशवराज भट्ट, भक्तपुर जिल्ला प्रतिनिधि सविना केसी, काठमाडौँ जिल्ला प्रतिनिधि सुभाष साह, काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमिल्सिना र र्सलाही जिल्ला प्रतिनिधि सन्तोष कुमार सिंहले उम्मेदवारी दर्ता शान्तिपूर्ण तवरले उम्मेदवारी मनोनयन दर्ता गराएका जानकारी दिएका छन् ।

अर्घाखाँची
अर्घाखाँची
अर्घाखाँची
अर्घाखाँची
अर्घाखाँची
अर्घाखाँची
बैतडी
बैतडी
डोटी
डोटी
डोटी
डोटी
डोटी
डोटी
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
गोरखा
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
इलाम
जाजरकोट
जाजरकोट
काभ्रे
काभ्रे
काभ्रे
काभ्रे
कपिलवस्तु
कपिलवस्तु
कपिलवस्तु
कपिलवस्तु
मोरङ
मोरङ
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
नवलपरासी
पाल्पा
पाल्पा
पाल्पा
पाल्पा
पाल्पा
पाल्पा
पाल्पा
पाल्पा
सिरहा
सिरहा
सिरहा
सिरहा
सिरहा
सिरहा
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ
तनहुँ

(फोटोः इन्सेक जिल्ला प्रतिनिधि)

अन्य

भिडियो