७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-२ का ४१ वर्षीय नवीन राईलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि भदौ १४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बेनु कार्कीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १४ गते गरिएको छ ।