INSEC Online

📅 २०८३ जेष्ठ २२

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत विभिन्न तस्वीहरूलाई जोडेर बारम्बार हैरानी तथा मानसिक यातना दिएको आरोपमा सुद्धोधन गाउँपालिका–१ सोखुयाका २८ वर्षीय सञ्जय यादवलाई प्रहरीले ०८१ भदौ १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विभिन्न तस्वीहरूलाई जोडेर सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो