INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँचथरमा भएको विष्फोटमा घाइते बालिकाको मृत्यु

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा घाइते हुनु भएकी दुई वर्षीया बालिका प्रियन्सा सावाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोटक पदार्थ भदौ १३ गते विष्फोट हुँदा घाइते हुनुभएकी फालेलुङ गाउँपालिका-५ की प्रियन्सालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पताल लैजाने क्रममा इलाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताउनु भयो ।

विष्फोटमा घाइते हुनु भएका ११ वर्षीय दिप्सन सावाको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । ११ वर्षीय बालक पवन राईको जिल्ला अस्पताल उपचार भइरहको डिएसपी भण्डारीले बताउनु भयो । सात वर्षीय बालक दिप्सन राईको फालेलुङ गाउँपालिका-५ स्थित प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको छ ।

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा ०८१ भदौ १३ गते भएको विष्फोट होममेड ग्रिनेड भएको प्रहरीले जनाएको छ । होममेड ग्रिनेट विष्फोट भएको हो वा होइन भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

नेपाली सेनाको टोलीले भदौ १४ गते घटनास्थल र विष्फोट भएको निस्साका आधारमा बम वा ग्रिनेड हो पुष्टि गर्नेछ ।

अन्य

भिडियो