३२ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-३ का ३० वर्षीय प्रकाश थिङ्लाबुलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ भदौ ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १ लाख रुपियाँ भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताउनु भयो ।
पीडितलाई ०७९ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०८१ वैशाख २१ हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
कसुरदार अझै फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १० गते गरिएको थियो ।