INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका-११ का २० वर्षीय निरञ्जन साहविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ भदौ ५ गते दर्ता गरेको छ ।

आरोपितले बालिकालाई ०८१ साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १ गते उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भदौ १ गते भएको थियो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पंचकुमार बाकुले बताउनु भयो ।

अन्य

भिडियो