INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका-७ शिवालय टोलकी ३० वर्षीया रञ्जना गौतमको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति ओमप्रसाद अधिकारीलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ ४ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई भदौ ४ गते गिरफ्तार गरेको हो ।

घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी पत्नीको हत्यापछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा भदौ ५ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो