INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-५ का ४४ वर्षीय अरबिन्द कुमार चौधरीविरुद्ध ०८१ भदौ २ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।

आरोपितले पीडितलाई साउन ३२ गते बलात्कार गरेको पीडित पक्षले बताउनु भयाे । यसअघि आराेपितले पीडितलाई मायाजालमा पारी बलात्कार गरेकाे र सोको भिडियो बनाई सार्वजनिक गर्ने धम्की दि‌ँदै‍ आएकाे पीडितले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।

पीडित पक्षले दिएकाे उजुरीकाे आधारमा भदाै २ गते आरोपितलाई घरबाट गिरफ्तार गरिएको एसपी पाेखरेलले बताउनु भयाे ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो।

अन्य

भिडियो