१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका-५, सिम्पाटीका ४५ वर्षीय बलबिरे सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन ३२ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले अन्तिम पटक साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित स्वास्थ्य परीक्षण साउन ३२ गते कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भयो ।