INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका–४ का २७ वर्षीय नारायण चौधरीलाई प्रहरीले ०८१ साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यायल, मोतिपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित स्वास्थ्य परीक्षण साउन ३१ गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो