INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा

साफे मार्तडी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो जाँदा अबरुद्ध भएको खडक खण्ड तीन महिनादेखि सञ्चालनमा नल्याइदा सर्वसाधारणहरुले सास्ती खेप्नुपरेको छ ।

०८१ जेठ महिनादेखि उक्त सडक अवरुद्ध हुँदा नागरिकलाई अवतजावतमा समस्या हुनुको साथै असक्त, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतिहरुले थप सास्ती खेप्नुपरेको हो ।

जिल्लीमा पहिराेले सडक अवरुद्ध भएको र बाहुली, अनाई, रजातोली, दानसाघु लगायतका खोलाहरुमा पुल नहुँदा सवारीसाधन सञ्चालनमा समस्या भएपछि  नागरिकलाई आवतजावतमा समस्या भएको गैर सरकारी महासंघका जिल्ला अध्यक्ष कृष्ण अधिकारीले बताउनु भयो ।

photo20240816bajura (2)

सवारी साधन सञ्चालन नहुँदा जिल्लाका बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ, स्वामीकार्तिक गाउँपालिका  र कर्णाली प्रदेशका हुम्ला, मुगु, कालिकोट जिल्लाका केही स्थानीय तहका नागरिकहरुलाई समेत समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन बन्द हुँदा बिरामी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ । कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य चौकीमा उपचार असम्भव भएका बिरामीलाई सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल र जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर बिरामी र उनका आफन्तलाई बढी समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय जनेश भण्डारीले बताउनु भयो ।

मार्तडी कोल्टि सडक खण्ड तीन महिनादेखि अवरुद्ध हुँदा जिल्लाका पूर्वीउत्तरी क्षेत्रका चार ओटा स्थानीय तह र कर्णाली प्रदेशका केही जिल्लाहरुका नागरिहको दैनिक उपभोग्य सामग्री औषधी र विकास निर्माण सामग्री ढुवानी गर्न नसकिदा यस क्षेत्रका नागरिकहरुले महँगी खेप्नुपरेको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय जनेश धामीले बताउनु भयो ।

photo20240816bajura (1)

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक नै यही भएकाले सदरमुकाम मार्तडीमा नागरिकता लगायतका अन्य काम गर्न आउने नागरिकहरु बढी समस्यामा परेकाे गैसस महासंघका अध्यक्ष अधिकारीले बताउनु भयो । तीन महिनादेखि जिल्लाका उत्तरी क्षेत्रका नागरिकहरुको सदरमुकामसम्मको सम्बन्धबिच्छेद जस्तै भएको र सडक खुलाउने बारे सम्बन्धित निकाएको ध्यान नै नगएको अधिकारीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार साफे मार्तडी सडक अन्तर्गत बाहुली खोलामा पुलको टेण्डर भएको छ । ठेकेदारले काम नगर्दा अलपत्र अवस्थामा छ । अनाई खोलामा पनि पुल निर्माणको काम भइरहेको छ । अन्य खोलामा पुलनै नहुँदा र बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयो । जिल्लीमा पहिरो बगिरहेकोले तत्काल बैकल्पिक उपाए पनि केही नदेखिएको र प्राविधिक विषय भएकोले अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।

photo20240816bajura (3)

अन्य

भिडियो