INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  शिवसताक्षी नगरपालिका-२ का २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३० गते इलाका प्रहरी कार्यालय, झिलझिलेमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा साउन ३० गते गरिएको छ ।

अन्य

भिडियो