INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला घर भइ सिमकोट गाउँपालिका–५ मा सञ्चालित जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख ५० वर्षीय शङ्कर ढकाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन २७ गते उजुरी दर्ता भएको छ ।

आफूलाई आरोपितले साउन २० गते र साउन २४ गते पटक पटक दुर्व्यवहार गरेको भन्दै पीडितले साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो । पीडितका अनुसार निमित्त कार्यालय प्रमुख ढकालले आफूलाई दुर्व्यवहार गर्नुका साथै जागिरबाट समेत हटाउन खोजेकोले उजुरी दिएको बताउनु भयो । तर निमित्त कार्यालय प्रमुख ढकालका अनुसार पछिल्लो समय नेपाल सरकारले अधिकांश हल्काराहरूलाई हटाउने प्रवधान ल्याएको हुँदा केन्द्रको आदेशले जागिरबाट हटाउन खोजेको बताउनु भयो ।

पीडितले दिनुभएको सोही उजुरीका आधारमा आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेरन्द्रबहादुर चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो