१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-७ का २२ वर्षीय इन्द्रजित यादवविरुद्ध ०८१ साउन २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
पीडितलाई आरोपितले प्रेमजालमा पारी विवाहको झुठो आश्वासन दिई ०८१ साउन २२ गते घर नजिकै रहेको खोलाको डिलमा लगि बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।