सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मल्लरानी गाउँपालिका-२ का १९ वर्षीय केशव घर्तिमगरलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते जिल्ला अस्पतालमा भयो ।