७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालयमा बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ ।