१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का २३ वर्षीय सुरेश तामाङलाई साउन २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई फेदाप गाउँपालिका-३ बाट अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर प्रह्लाद खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २० गते गरिएको थियो ।