INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

राजपुर गाउँपालिका–१ की ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको आरोपमा पति ३८ वर्षीय गणेश घर्तीलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण पत्नीलाई घर्तीले साउन १३ गते राति घरमै सुतिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिमल्सिनाले इन्सेकलाई जानकारी दिनुभयो ।

शव पोष्टमार्टमको लागि साउन १४ गते लमही अस्पतालमा, लमहीमा लगिएको छ ।

अन्य

भिडियो