१९ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका–६, त्रिवेणीटोलका २६ वर्षीय सञ्जय केवट विरुद्ध इलाका प्रहरी कार्यालय, मर्चवारमा ०८१ साउन ११ गते उजुरी दर्ता भएको छ ।
पीडित युवतीलाई आरोपितले जेठ १४ गतेदेखि जेठ २१ गतेसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्सपेक्टर रेशमप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते भिम अस्पताल, भैरहवामा भयो ।