INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया मानसिक सन्तुलन गुमेकी महिलालाई बलात्कार गरेको आरोपमा तेमाल गाउँपालिका–९ राक्सेटारस्थित बनमा लगि बलात्कार गर्ने बसका सहचालक रामेछाप जिल्ला सुनापति गाउँपालिका–६ का १८ वर्षीय पासाङ तामाङलाई ०८१ साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितले विगत २५ वर्षदेखी मानसिक स्वास्थ्यको औषधी खाइरहेकी थिइन् । पीडितलाई बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले ०८१ असार ३० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको डिएसपी राजकुमार केसीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ असार ३० गते धुलिखेल अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो