६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–३, डडुवाका ६७ वर्षीय सोकत पठानलाई प्रहरीले ०८१ साउन २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २ गते भिम अस्पताल, भैरहवामा भयो ।