१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ स्थायी घरभई मायादेवी गाउँपालिका–८, सुनारटोल बस्ने १८ वर्षीय रोहित कुँवर र सोही ठाउँका १८ वर्षीय दिप्सन कुँवरलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते भिम अस्पताल, भैरहवामा भयो ।