१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ घर भई कञ्चनरूप नपा-१२ रूपनगर चोकमा हाकिम टेलर्स सञ्चालन गरी बसेका ३० वर्षीय मो. हाकिमलाई असोज ३० गते राति गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा तत्कालै गिरफ्तार गरी आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । पीडित बालिकाको सानै उमेरमा विवाह भएकाले सानै उमेरमा उनको एक छोरासमेत छन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज ३१ गते गरिएको प्रहरीले जनाएको छ ।