INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका-९ का २४ वर्षीय विदुर भन्ने कुलबहादुर कटुवाललाई असोज २९ गते गिरफ्तार गरेको छ ।

विवाहको प्रलोभन देखाएर लामो समयदेखि बालिकालाई बलात्कार गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राखेको आरोप लगाउँदै पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटुवाललाई रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत भदौ २३ गते पीडितको घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक-पटक बलात्कार गरेको नौ दिनपछि भदौ ३१ गते भाग्न सफल भएकी आफन्तले जनाएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको छ ।

अन्य

भिडियो