२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–५, गौरीका २७ वर्षीय कपिल ज्ञवालीलाई प्रहरीले ०८१ असार २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले अन्तिम पटक जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २८ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको
सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २८ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भयो । उक्त परीक्षण गर्दा पीडितको पेटमा तीन महिनाको गर्भ रहेको अस्पतालले जनायो ।