INSEC Online

📅 २०८३ जेष्ठ २१

घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह

आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

‘नागरिकहरूको अधिकार प्राप्तिको सुनिश्चितताको लागि संविधानले विभिन्न १२ ओटा नीतिहरू अवलम्बन गर्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्द्धन समेतको दायित्व राज्यको हुने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय रुपमा नेपालले मानव अधिकारसम्बन्धी विभिन्न ४१ वटा महासन्धिहरुलाई नेपाल कानुन सरह कार्यान्वयन गर्न स्वीकार गरिसकेको सन्दर्भमा नेपाल राज्यको मानव अधिकारप्रतिको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व स्वतः स्थापित भइसकेको छ ।’-आयोगद्वारा असोज २९ गते जारी विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो