INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपित विरुद्ध मुद्दा दर्ता

७५ वर्षीया वृद्धालाई बलात्कार गरेकाे आराेपमा खनियाबास गाउँपालिका -५ का ४९ वर्षीय पदमबहादुर तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ असार २५ गते जबरजस्ति करणी मुद्दा दर्ता गरिएकाे छ ।

आराेपितले असार १० गते बलात्कार गरेकाे भन्दै पीडितले दिएकाे निवेदनकाे आधारमा असार २४ गते आराेपित तामाङलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयाे ।

पीडितकाे धादिङ अस्पतालमा असार २५ गते स्वास्थ्य परीक्षण भयाे ।

अन्य

भिडियो