२६ वर्षीया महिला बलात्कार गरेको अरोपमा १६ वर्षीय एक बालकलाई प्रहरीले ०८१ असार २३ गते नीलकण्ठ नगरपालिका–१० बाट गिरफ्तार गरेको छ ।
आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २३ गते धादिङ अस्पतालमा गरियो ।
आरोपित बालकलाई हाडनाता जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले असार २३ गते नै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ