जिल्लामा आई पि.भी. विरुद्ध खोप अभियान सञ्चालन भएपनि जिल्ला भरिमा १ हजार ९सय ४३ जना बालबालिका आई पि.भी.खोप बाट वञ्चित छन् ।
गत जेठ १३ गते बाट जेठ १६ गते सम्म सञ्चालन भएको खोप अभियानमा जिल्ला भरिमा ४ हजार ७ सय ४३ जना बालबालिकालाई खोप लक्षित गरिएको थियो तर अपुक खोप भएकाले २ हजार ८ सय बालबालिकालाई खोप लगाएको र १ हजार ९सय ४३ जना बालबालिकालाई आई पि.भी.खोप बाट बन्चित भएको जिल्ला अस्पतालका सूचना अधिकारी पसुराम नेपालीले बताउनु भयो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतमा प्रगति विवरण पेस गरिएको र नपुगेको खोप समेत पठाउन पत्रचार समेत गरेको उहाँले बताउनु भयो ।
पोलियो रोग विरुद्ध सूईद्वारा दिइने पोलियो खोप हो । यो खोपमा तीन ओटै प्रकारका पोलियो भाइरसहरू हुन्छन । यो खोपले प्राकृतिक पोलियो भाइरस र ओ.पि.भी. खोपबाट उत्पन्न भएको पोलियो भाइरसबाट हुने पोलियोमाईलाईटिस् हुनबाट सुरक्षित गर्दछ
आई.पि.भी. खोप लगाउन छुटेका बालबालिकाहरूलाई एक मात्रा आई.पि.भी. खोप लगाएर बालबालिकाहरूलाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप अभियान सञ्चालन गरिएको जिल्ला अस्पताल प्रमुख कमल ढुंगानाले बताउनु भयो ।
अपुग भएको खोप समयमा आउनु पर्ने हो । अहिलेसम्म आएको आइपुगेको छैन । यसैमा भारी वर्षा भइरहेको छ । जहाज पनि आएको छ । जिल्लामा बाटो पनि बन्द हुन्छ । समयमा खोप नपुग्नुमा नेपाल सरकारको लापरवाही भएको सोरु गाउँपालिका स्वास्थ्य संयोजक चरित्र धामीले बताउनुभयाे ।

