लालीगुराँस नगरपालिका-८ की ४६ वर्षीया तीलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दीपक नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका आमालाई ०८१ असार २० गते खुकरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले २३ वर्षीय छोराविरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रह्लाद खड्काले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल असार २० गते गरिएको छ ।
पीडित पक्षले असार २१ गते शव बुझी लालीगुराँस नगरपालिका-८ पिङगुवा खोलामा सद्गतको तयारी गरेको छ ।