मलंगवा नगरपालिका-७ मुसैलीकी ४९ वर्षीया पुनिता देवी यादवलाई सोही ठाउँका ३२ वर्षीय संतोष कुमार महतो र ३६ वर्षीया प्रेमकला देवी यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार १६ गते उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितहरूले असार ४ गते ‘बोक्सी’ को आरोपमा गालिगलौज गर्नुका साथै कुटपिट समेत गरेको पीडित महिलाले बताउनु भयो ।
आरोपित पक्षले असार ९ गते पीडित पक्षलाई मलंगवा नगरपालिका-७ काे वडा कार्यालय तथा मलंगवा नगरपालिकास्थित न्यायीक समितिमामा मिलापत्र गर्न दबाब समेत दिएको पीडित पक्षको आरोप रहेको छ ।
पीडितको स्वास्थ्य उपचार असार ५ गतेदेखि ७ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भएको बताउनु हुँदै घाउजाँच पुनः असार १७ गते भएको पीडित पक्षले जानकारी दिनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषी उपर कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो