INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-२ साविक लौनिया गाविस-३ का २३ वर्षीय प्रकाशकुमार मण्डललाई असोज २५ गते गिरफ्तार गरेको छ ।

घटनापछि फरार रहेका आरोपितलाई चार महिनापछि प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जेठ २८ गते उजुरी दिएका थिए ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भएको थियो ।

अन्य

भिडियो