१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–१, आइरोइलीका २३ वर्षीय दुर्गेश चमारलाई प्रहरीले ०८१ असार १७ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल, भैरहवामा भयो ।